जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो ।

यस दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ । अरू २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।

तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ । अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।यसअघि पनि भएको थियो दुर्घटना  मे १८ मा पन्जाबको खुसाव जिल्लामा ट्रक भिरबाट खस्दा एकै परिवारका कम्तीमा १३ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । मे ३ मा गिलगिट बाल्टिस्तानमा यात्रुवाहक बस खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका