जोडिनुहोस
  • होमपेज
  • सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरू आन्दोलित

सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरू आन्दोलित

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी-२० विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरूले दूतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरूको चेतावनी थियो ।

उनीहरूले लामिछानेलाई टी–२० विश्वकपबाट वञ्चित गराउने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए । सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसके पनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका