जोडिनुहोस
  • होमपेज
  • माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : मन्त्री भण्डारी

माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : मन्त्री भण्डारी

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।

धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।

‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ,’ उनले अघि भने, ‘त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, एमालेको अडानका कारण सरकार विस्तार हुन सकेको छैन् ।

धेरै टिप्पणी गरिएका