जोडिनुहोस
  • होमपेज
  • प्रचण्डसँग भेटेपछि झलनाथले भने– गठबन्धन तलमाथि हुँदैन

प्रचण्डसँग भेटेपछि झलनाथले भने– गठबन्धन तलमाथि हुँदैन

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अहिलेको गठबन्धन तलमाथि हुने सम्भावना नरहेको बताएका छन्।

खनाल बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।

‘विपक्षीहरू यो गठबन्धन भत्काउन कस्सिएर लागेका छन्। त्यही सन्दर्भमा प्रधानमन्त्रीसँग कुराकानी गर्न गएको थिएँ,’ खनालले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले गठबन्धन दृढतापूर्वक अघि बढ्ने बताउनुभयो। वामपन्थीहरूका बीचको सहकार्यलाई अझ कसिलो बनाएर लैजाने बताउनुभयो। मैले यो गठबन्धन तलमाथि हुने कुनै सम्भावना देखिनँ।’

अहिलेको समीकरणमा कुनै समस्या नरहेको पनि खनालले बताए। यद्यपि बुधबार अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठ गएको दृश्यचाहिँ आफूलाई नमीठो लागेको खनालको भनाइ छ। ‘उहाँ विपक्षीहरूको बैठकमा जानुभएको मैले पनि पत्रपत्रिकाबाट थाहा पाएको हुँ। त्यो दृश्य मलाई मीठो लागेको छैन। उहाँ पार्टीका कसैसँग छलफल गरेर जानुभएको हो कि, एक्लै जानुभएको हो, यसबारे आगामी बैठकमा छलफल होला,’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका