जोडिनुहोस
  • होमपेज
  • मधेशमा केन्द्रको समीकरणभन्दा बाहिर गएर अर्को सरकार बन्दैन: प्रधानमन्त्री प्रचण्ड

मधेशमा केन्द्रको समीकरणभन्दा बाहिर गएर अर्को सरकार बन्दैन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनकै आधारमा नयाँ सरकार बन्ने बताएका छन् ।

बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेश प्रदेशमा अर्को सरकार नबन्ने दाबी गरेका हुन् । ‘कोशीमा पनि केन्द्रकै गठबन्धन अनुसार सरकार बनेको छ । र, केन्द्रको समीकरणभन्दा बाहिर गएर मधेशमा पनि अर्को सरकार बन्दैन,’ उनले भने ।

फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशलाई आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेटको व्यवस्था भएको बताए । ‘कोशीलाई कम बजेट भयो भन्ने कुरा सही होइन । बजेटमा धेरै चिज नयाँ छ । उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार बजेट विनियोजन गरिएको बताए ।

धेरै टिप्पणी गरिएका