जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रको भिसा नोटपछि दूतावासले सन्दीपलाई बोलाउने

परराष्ट्रको भिसा नोटपछि दूतावासले सन्दीपलाई बोलाउने

काठमाडौँ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।

यसैगरी, अमेरिकी दूतावास स्रोतले पनि लामिछानेलाई पुनः अन्तर्वार्ताको मौका दिन लागेको बताए । यता नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दुर्गाराज पाठकले भने समाचार तयार पार्दासम्म लामिछानेलाई यसबारे कुनै आधिकारिक इमेल प्राप्त नभएको जानकारी दिए ।

बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरेका थिए । ‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो ।

धेरै टिप्पणी गरिएका