जोडिनुहोस
  • होमपेज
  • छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम

छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम

काठमाडौं– दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो ।

भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज गिरीले खबरहबलाई जानकारी दिए ।

दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ । ४५ दिनको छायांकनको काम सक्ने उनीहरुको लक्ष्य रहेको छ । यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ ।

दीपाश्री निरौलाको निर्देशन रहने यो फिल्म प्रदर्शन मिति असोज २४ गते फुलपातीलाई तोकिएको छ ।

धेरै टिप्पणी गरिएका