जोडिनुहोस
  • होमपेज
  • भत्काइएका सडक दुई दिनभित्र पुनर्स्थापना गर्न सडक डिभिजनको पत्र

भत्काइएका सडक दुई दिनभित्र पुनर्स्थापना गर्न सडक डिभिजनको पत्र

काठमाडौं– सडक डिभिजन काठमाडौँले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा भत्काइएका सडक पुनर्स्थापना गर्न महानगरलाई पत्र पठाएको छ ।

बुधबार महानगरलाई पत्र लेख्दै सडक डिभिजनले तुरुन्त काम नरोके कारबाही अगाडि बढ्ने चेतावनी समेत दिएको छ । मूल सडक भत्काएर पैदलमार्ग विस्तारको निर्णय फिर्ता लिनुपर्ने भन्दै आइतबारदेखि विरोध भैइरहेको छ । महानगरको योजनाअनुसार फुटपाथ बिस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोक सम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ ।

जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ  भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका