जोडिनुहोस
  • होमपेज
  • अमेरिका र बेलायतले यमनमा हुथीमाथि गरे १३ हमला

अन्तर्राष्ट्रिय

अमेरिका र बेलायतले यमनमा हुथीमाथि गरे १३ हमला

  • Sagarmatha TV
  • शुक्रबार, जेष्ठ १८, २०८१
अमेरिका र बेलायतले यमनमा हुथीमाथि गरे १३ हमला

वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी युद्धबिच यमनको हुथी लडाकुहरुले रेड सीमा आतंक मच्च्याइरहेका छन् । यसैबीच अमेरिका र बेलायतले यमनमा हुथीसम्बन्धित १३ ठाउँमा हमला गरेका छन् । दुवै देशले रेड सी र अदनको खाडीमा जहाजमाथि भएका हमलाको प्रतिकारमा सो आक्रमण गरेका हुन् ।

अमेरिका र बेलायती लडाकु विमान र अमेरिकी जहाजले कयौँ भूमिगत केन्द्र, मिसाइल लञ्चर, कमान्ड र नियन्त्रण स्थल, हुथीको युद्धपोत र अन्य एकाइमा हमला गरेको बताइएको छ । हुथी नियन्त्रित क्षेत्रमा अमेरिकाले आठ मानवरहित बहानलाई पनि निशाना बनाएको छ ।

यही हप्ताको सुरुमा मिसाइल हमला गरेर रेडसीमा ग्रिसको एक जहाजलाई क्षति पुर्‍याएको थियो । सो हमलाको जिम्मा कसैले लिएको छैन । तर सो हमलामा हुथीको हात हुन सक्ने आशङ्का गरिएको थियो । १२ जनवरीयता अमेरिका र बेलायतले मिलेर हुथीविरुद्ध गरेको यो पाँचौँ कारबाही हो । रेडसीमा हुथीले आक्रमण जारी राखे भविष्यमा पनि जवाफी हमला गरिने चेतावनी अमेरिकाले दिएको छ ।

धेरै टिप्पणी गरिएका