जोडिनुहोस
  • होमपेज
  • हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको संयुक्त आक्रमण

हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको संयुक्त आक्रमण

काठमाडौं । अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीमाथि शृंखलाबद्ध आक्रमण गरेको युएस सेन्ट्रल कमान्डले जनाएको छ । तीन महिनाभन्दा बढी समयपछि ती मुलुकले बिहीबार गरेको आक्रमण पहिलो हो ।

साथै अमेरिका एक्लैले यमनमाथि र रेड सीमामा रहेका आठ एरियल एट्याक ड्रोनलाई पनि ध्वस्त पारेको जनाइएको छ । संयुक्त टोलीले यमन नियन्त्रित क्षेत्रमा रहेका १३ हुथी अखडामा आक्रमण गरेको जनाइएको छ । सो समूहलाई इरानले सघाइरहेको बताइएको छ ।

सो समूहले निरन्तर रूपमा अमेरिकी नाभी शिप र कमर्सियल जहाजलाई रेड सी र गल्फ अफ आदेनमा आक्रमण गरिरहेको अमेरिकी र बेलायती अधिकारीहरूको भनाइ छ । अघिल्लो पटकको आक्रमण गएको फेब्रुअरी २४ मा भएको थियो । त्यसबेला अमेरिका र बेलायतले हुथीका हतियार र राडर साइटलक्षित आक्रमण गरेका थिए । सीएनएन

प्रचलन खबर

धेरै टिप्पणी गरिएका