जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

काठमाडौं– उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् । कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन् ।

कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन् । कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका