जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालय अब नि:शुल्क

काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालय अब नि:शुल्क

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक शौचालयहरूमा अब पैसा नलाग्ने भएको छ । पहिले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए ।

महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले नै शुल्क हटाउन लागेको हो ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

धेरै टिप्पणी गरिएका