जोडिनुहोस
  • होमपेज
  • बर्दियाबाट ६ जना जुवाडे पक्राउ

बर्दियाबाट ६ जना जुवाडे पक्राउ

काठमाडौं– बर्दियाको बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५ रुपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका