जोडिनुहोस
  • होमपेज
  • टी-सिरिजलाई उछिन्दै मिस्टर बिस्ट बने विश्वमै धेरै पछ्याइने युट्युव स्टार

टी-सिरिजलाई उछिन्दै मिस्टर बिस्ट बने विश्वमै धेरै पछ्याइने युट्युव स्टार

काठमाडौं । ‘मिस्टर बिस्ट’ नामक च्यानल विश्वमा सर्वाधिक धेरै पछ्याइने युट्युव च्यानल बनेको छ । अमेरिकी युट्युवर जिम्मी डोनाल्सनको यो च्यानललाई २६ करोड ६९ लाख भन्दा बढीले सब्सक्राइब गरेका छन् ।

भारतीय म्युजिक कम्पनी टी-सिरिजको च्यानल दोस्रो स्थानमा झरेको छ । टी-सिरिज च्यानलका २६ करोड ६७ लाख सब्सक्राइबर छन् । सर्वाधिक पछ्याउने रेकर्ड रचेपछि डोनाल्सनले टी-सिरिजसँग ६ वर्ष पुरानो प्युडिपाईको बदला लिएको बताएका छन् ।

त्यतिबेला स्वीडेनका युट्युवर प्युडिफाईलाई पछि पार्दै टी-सिरिज धेरै पछ्याइने च्यानल बनेको थियो । त्यतिबेला मिस्टर बिस्टले प्युडिफाईको समर्थन गर्दै उनलाई सब्सक्राइबर बढाउन मद्दत गरेका थिए ।

मिस्टर बिस्ट स्वयमले सन् २०२२ को नोभेम्बरमा प्युडिफाईलाई उछिनेका थिए । मनोरञ्जनात्मक भिडियो सामाग्री र दर्शकसँग निरन्तर जोडिएको कारणले पछिल्लो समय मिस्टर बिस्टलाई पछ्याउनेको संख्या ह्वात्तै बढेको अनुमान छ ।

नेपालमा समेत मिस्टर बिस्टका प्रशंसक ठूलो संख्यामा छन् । खासगरि, तन्नेरी पुस्ताका युट्युव प्रयोगकर्ता उनलाई धेरै पछ्याउँछन् । हालैको महिनामा मिस्टर बिस्टको एक समूह सिन्धुपाल्चोकमा अस्पतालको निर्माण गर्न नेपालमा थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका