जोडिनुहोस
  • होमपेज
  • स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

स्रोत नखुलेको रकमसहित आठ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।

उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । त्यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रुपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रुपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका