जोडिनुहोस
  • होमपेज
  • राज्यका सबै तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्यो : एकीकृत समाजवादी

राज्यका सबै तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्यो : एकीकृत समाजवादी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिलाई हौसला दिएको जनाएको छ ।

आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिलाई हौसला दिएको बताइएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव घनश्याम भुसालले पुनरुत्थानवादी शक्तिले सामाजिक र साम्प्रदायिक सद्भाव र एकतालाई खलबल्याउने प्रयत्न गरिरहेको जिकिर गरे । उनले राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको उल्लेख गरे । उनले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता औँल्याए ।

आउँदो आसर १६ देखि २० गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन गरिँदै छ ।

धेरै टिप्पणी गरिएका