जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

प्रधानमन्त्री कप भलिबल : महिलातर्फ नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौं– प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको हो । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । त्यस्तै आइतबार नै भएको महिलातर्फको अर्को खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गर्‍यो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० को सेटमा पराजित गरेको हो ।

लिगको महिला तथा पुरुष दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका