जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका