जोडिनुहोस
  • होमपेज
  • साफ महिला च्याम्पियनसिप नेपालमा हुने

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । यसै वर्ष हुने साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको बैठकले साफ महिला च्याम्पियनसिप नेपालमा गर्ने निर्णय पारित गरेको हो ।

च्याम्पियनसिपको आगामी संस्करण अक्टोबर १७ देखि ३० गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ । यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ ।

यसअघि नेपालले सन् २०१९ र २०२२ को संस्करण पनि नेपालमै आयोजना गरेको थियो । ती दुवै संस्करणमा नेपाली महिला टिमले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिडन्तमा पराजित हुँदा उपविजेतामा चित्त बुझाएका थिए । गत संस्करणको सेमिफाइनलमा पराजित गरेर फाइनलसम्मको यात्रा तय गरे पनि बंगलादेशसँग ३–१ ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका