जोडिनुहोस
  • होमपेज
  • धनराज गुरुङ भन्छन्- ‘अब गाँजा खेती जोड दिनुपर्छ, वर्षमा २ खर्ब राजश्व उठाउन सक्छौँ’

धनराज गुरुङ भन्छन्- ‘अब गाँजा खेती जोड दिनुपर्छ, वर्षमा २ खर्ब राजश्व उठाउन सक्छौँ’

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री धनराज गुरुङले अब गाँजा खेतीमा जोड दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठक बोल्दै उनले गाँजामाथि अब प्रतिबन्ध नभइ औषधि बनाउनका लागि यसको खेतीमा जोड दिनुपर्ने बताएका हुन् ।

सांसद गुरुङले गाँजालाई औषधि बनाएर प्रशोधन गर्न सकेमा वर्षमा २ खर्ब राजश्व वृद्धि हुने पनि बताए ।

‘गाँजा खेतीको सन्दर्भमा कानुन बनाउनको लागि त्योसँग सम्बन्धी मन्त्री र सचिवहरूलाई छिटो यससम्बन्धी कानून तर्जुमा गरेर ल्याउन भनेको थिएँ । यसलाई औषधिजन्यको रूपमा यसको प्रवर्द्धन गर्नुपर्छ । यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधि बनाउनको लागि गाँजा खेती गर्न सक्छौँ । हामीले गाँजालाई औषधि बनाएर प्रशोधन गर्न सक्यौँ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निर्माण गर्नुपर्ने पनि बताए । ‘साथ सहयोग गरेर अघि बढौँ, नेपाल बनाउने सबै मिलेर हो । सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन । यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौँ । योजनाहरू बनाउ र अगाडि बढौँ म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भइ रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौँ,’ उनले भने ।

सांसद गुरुङले राजश्व वृद्धि गर्नमा सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिए । ‘राजस्वका लक्ष्यका सन्दर्भमा हामीले राजस्व कसरी बढाउन सकिन्छ, करको दायरा बढाउनु पर्छ । यो गैर कानूनी जुन कारोबारहरू छन्, त्यसलाई बन्द गर्ने हो भने हामीले १२ खर्बबाट धेरै माथि राजस्व उठाउन सकिन्छ । खाली गारो छ गारो छ भन्ने होइन कसरी सजिलो हुन्छ त त्यो कुरा पनि हामीले बताउनु पर्छ भन्ने मलाई लाग्छ । हाम्रो प्रवृत्ति भनेको हामीले हरेक कुरालाई नकारात्मक रुपमा मात्र हेर्ने छ त्यसकारण नकारात्मक पक्षमा मात्र छलफल गर्दा सबै कुरा नकारात्मक तरिकाले नै अघि बढ्छ,’ सांसद गुरुङले भने ।

साथै उनले घरेलु मदिरा सम्बन्धी पनि कानुन बनाएर यसलाई व्यवस्थापन गर्न सकेमा थप अर्को २ खर्ब रुपैयाँ राजश्व उठ्ने दाबी गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका