जोडिनुहोस
  • होमपेज
  • टिप्परसँग ठोकिएर पोखरामा एक जनाको मृत्यु

टिप्परसँग ठोकिएर पोखरामा एक जनाको मृत्यु

पोखरा । पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पोखरा १३ गौडाको मुखमा ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए । घाइते रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक कार्यालयका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका