जोडिनुहोस
  • होमपेज
  • हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर मृत्यु

हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर मृत्यु

नवलपरासी पूर्व । हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको मृत्यु भएको छ । नरेनापुर गाउँपालिका-४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो ।

रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका-१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका