जोडिनुहोस
  • होमपेज
  • तामाङ भाषाको सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न शिक्षा मन्त्रालयको सहमति

तामाङ भाषाको सम्भोटा लिपिमा पाठ्यपुस्तक विकास गर्न शिक्षा मन्त्रालयको सहमति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय भएको छ । पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रूपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिनेछ ।

नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान लगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए । तामाङ समुदायका अभियन्ताहरूले यस पुस्तकबाट आगन्तुक शब्दहरू लेखन कार्य गर्न नसक्ने भएकोले यसलाई सच्याई पाउँ भनी पटक पटक निवेदन दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका