जोडिनुहोस
  • होमपेज
  • बंगबन्धु अन्तरराष्ट्रिय कबड्डी : उपाधिका लागि नेपाल बंगलादेशसँग खेल्ने

बंगबन्धु अन्तरराष्ट्रिय कबड्डी : उपाधिका लागि नेपाल बंगलादेशसँग खेल्ने

दमाम : नेपाल बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तरराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

केन्यालाई टाइब्रेकरमा पराजित गर्दै नेपालले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो।ढाकामा भएको सेमिफाइनलमा केन्यालाई अतिरिक्त ५ रेडमा ९–५ ले पराजित गर्दै नेपालले अन्तिम दुईमा स्थान बनाएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीले ५०–५० अंक बनाएका थिए। त्यसपछि खेलको निर्णय अतिरिक्त ५ रेडबाट गरिएको थियो।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।समूह ए को विजेताको बनेर सेमिफाइनल पुगेको बंगलादेशले सेमिफाइनलमा थाइल्याण्डलाई हराएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका