जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेशसभामा जनमतको अवरोध

मधेश प्रदेशसभामा जनमतको अवरोध

जनकपुर– करिब डेढ महिनापछि आज बसेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको थियो । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् बैठक जनमतले अवरुद्ध गरेको हो ।  जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानविन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौँ ।’

धेरै टिप्पणी गरिएका