जोडिनुहोस
  • होमपेज
  • गाजामा थप चार इजरायली बन्दीको मृत्यु

अन्तर्राष्ट्रिय

गाजामा थप चार इजरायली बन्दीको मृत्यु

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २२, २०८१
गाजामा थप चार इजरायली बन्दीको मृत्यु

रफाह । गाजामा हमासले बन्धक बनाएका थप ४ जना बन्धकको मृत्यु भएको छ । दक्षिण गाजाको खान युनिसमा इजरायली कारबाहीको क्रममा ती चार जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ । मृतकहरूमा ५१ वर्षिय बेलायती–इजरायली नागरिक नादाभ पोप्पलवेल, ७९ वर्षका चेम पेरी, ८० वर्षका योराम मेत्ज्गेर र ८५ वर्षका आमिराम कूपर भएको बताइएको छ ।

खान युनिसमा आफूहरूले गरेको कारवाहीका क्रममा ती चार जना मारिएको अनुमान आफूहरूले गरेको आईडीएफका प्रवक्ता रियर एड्म ड्यानियल हागारीले भनेका छन् । सो मामिलामा उनले थप केही जानकारी दिएका छैनन् । नादाभ पोप्पलवेल अप्रिलमा भएको इजरायली आक्रमणमा परेर मरेको गएको महिना हमासले दाबी गरेको थियो । यस मामिलामा बेलायतको विदेश मन्त्रालयले पनि छानबिन गरिरहेको थियो । अहिलेसम्म उनको मृत्यु पुष्टि भएको थिएन । हमासले डिसेम्बरमा अन्य तीन जनाको भिडियो सार्वजनिक गरेको थियो ।

यी चारै जनालाई अक्टोबर ७ मा गाजा पट्टी नजिकको किबुत्जेसबाट अपहरण गरिएको थियो । दक्षिण इजरायलमा उक्त दिन गरेको आक्रमणमा हमासले करीब १ हजार २०० जनालाई मारेको थियो भने २५१ जनालाई अपहरण गरेको थियो । नोभेम्बरमा एक हप्ता लामो युद्ध विरामको समयमा हमासले १०५ जना बन्धकलाई रिहा गरेको थियो । १२० जना बन्धकको अवस्था अज्ञात छ । यी मध्ये धेरैको मृत्यु भइसकेको हुन सक्ने इजरायली अधिकारीहरूले बताएका छन् ।

धेरै टिप्पणी गरिएका