जोडिनुहोस
  • होमपेज
  • एमाले र नेतृत्वमाथि उठेका हरेक सवालमा छानबिन गर्न तयार छौं : भट्टराई

एमाले र नेतृत्वमाथि उठेका हरेक सवालमा छानबिन गर्न तयार छौं : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले एमाले र एमालेको नेतृत्वमाथि उठेको हरेक प्रश्नमा आफूहरू छानबिन गर्न तयार भएको बताएका छन् ।

प्र्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका कोही संलग्न भएको नपाइएपछि वाइडबडीको कुरा उठ्न छाडेको जिकिर गरे । उनले भने, ‘एमालेमाथि जुन प्रश्न उठिरहेका छन् । एमाले हरेक कुराको छानबिनको निम्ति तयार छ । कुनैबेला वाइडबडीमा चर्कोचर्को कुरा उठाइयो । आज त्यो किन उठ्दैन ? किनभने त्यहाँ एमालेको कोही संलग्न छैन । कोको संलग्न छन् वाइडबडीमा ? प्रष्ट देखिएको छ त्यसपछि त्यसको च्याप्टर क्लोज भयो । भुटानी शरणार्थीमा सेटिङ गरेर आफ्ना पदाधिकारीलाई छुटाउन एमाले गएको छै न। हामीले कानून अनुसार अनुसन्धान गर्न सहयोग गर्नुस् भनेका छौं ।’

उनले एमालेमाथि कसैले कसी लगाउन नपर्ने बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणमा जोडेको विषयलाई लक्षित गर्दै आफूहरू सबै प्रश्नमाथि छानबिन गर्न तयार रहेको जवाफ दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?