जोडिनुहोस
  • होमपेज
  • सरकारको भ्रष्टाचारविरोधी अभियान सुस्तायो : लेखनाथ

सरकारको भ्रष्टाचारविरोधी अभियान सुस्तायो : लेखनाथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पछिल्लो समय सरकारको भ्रष्टाचारविरोधी अभियान सुस्ताउँदै गएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सरकार बनेपछि सुशासन, समृद्धि र सामाजिक न्यायको आधार तयार भए पनि पछिल्लो समय सुस्ताएको बताए। उनले भने, ‘भ्रष्टाचारविरोधी अभियानले एक समय जनतामा साँच्चिकै नयाँ उत्साह पैदा गरेको थियो। जनतामा नयाँ आशा जगाएको थियो। संस्थागत भ्रष्टाचारविरोधी फाइलहरू खुलेका थिए। जति पनि फाइल खुलेका छन्, त्यो किनारा लाग्नुपर्ने हुन्छ जो खोल्न बाँकी खोल्नुपर्ने हुन्छ। त्यसले जनतामा आएको उत्साहलाई कायम राख्छ। पछिल्लो भ्रष्टाचारविरोध अभियान सुस्तता जस्तो देखियो। जनता र सदनको बहसको विषय बनेको थियो। त्यसलाई तीव्रता लैजानुपर्छ।’

उनले सदनमा देखिएको समस्यालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनमा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका