जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेसको माग

राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् ।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हुँदै गएको र मानव र जंगली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका