जोडिनुहोस
  • होमपेज
  • दार्चुलाबाट कैलाली आउँदै जिप खस्दा २ जनाको मृत्यु, ७ घाइते

दार्चुलाबाट कैलाली आउँदै जिप खस्दा २ जनाको मृत्यु, ७ घाइते

कैलाली । डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दार्चुलाबाट कैलाली आउँदै गरेको सुप प्र ०१ ००१ढ १४८९ नम्बरको जिप डोटी जोरायल गाउँपालिका १ खडिलामा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना ३ वर्षीया रितिका पार्कीको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दिप शाहले जानकारी दिए । महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने बालिकाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो ।

जिपमा चलक सहित ९ जना सवार थिए । ती मध्ये ७ जना घाइते छन् । दुर्घटना बिहान करिब ४:३० बजेतिर भएको प्रहरीले जानकारी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका