जोडिनुहोस
  • होमपेज
  • मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वाको मत लिन लागेका हुन् ।

२०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । त्यसपछि २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिए । त्यस्तै, तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका