जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले मन्त्री श्रेष्ठको अपहेलना गरेको भन्दै सदनमा रास्वपाको आपत्ति

एमाले अध्यक्ष ओलीले मन्त्री श्रेष्ठको अपहेलना गरेको भन्दै सदनमा रास्वपाको आपत्ति

काठमाडौं । शिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्तिमार्फत अपहेलना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सांसद शिशिर खनालले एमाले अध्यक्ष ओलीलाई लामो समयदेखि नेपाली राजनीति केका लागि गरेको भन्दै प्रश्न गरे । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भन्दै प्रश्न गरेका छन् ।

“विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकावन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्,” खनालले संसद्को शून्य समयमा भने, “उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका