जोडिनुहोस
  • होमपेज
  • चावहिलमा आगलागीमा परि एकै परिवारका ५ जना घाइते

चावहिलमा आगलागीमा परि एकै परिवारका ५ जना घाइते

काठमाण्डौ । काठमाण्डौको चावहिलमा आगलागीबाट एकै परिवारका पाँच जना घाइते भएका छन् । गए राति ९ बजे काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ चावहिलको एउटा घरमा आगलागी हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । घरको तेस्रो तलामा बस्दै आएका ५५ वर्षका चञ्चलबहादुर सिंहसहित श्रीमती र तीन छोरी घाइते भएका हुन् । छोरीहरूको उमेर २४ वर्ष, १६ वर्ष र ८ वर्ष रहेको छ । चञ्चलबहादुर सिंहले अत्यधिक जाँड–रक्सी खाएर परिवारसँग झगडा गरी आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले जाँड–रक्सी खाएर झगडा गरी घटना घटाएको प्रारम्भिक निष्कर्ष छ । आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

धेरै टिप्पणी गरिएका