जोडिनुहोस
  • होमपेज
  • रोङकी उपाध्यक्षले लगाईन् आफ्नै गाउँपालिकालाई आफ्नै गाडी भाडामा

रोङकी उपाध्यक्षले लगाईन् आफ्नै गाउँपालिकालाई आफ्नै गाडी भाडामा

पुजन घिमिरे ।

इलाम । इलामको रोङ गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरेको फेला परेको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास भुजेलका लागि भन्दै गाउँपालिकाले भाडामा लिएको बोलेरो जिप उनकै श्रीमानको रहेको खुलेको हो ।

गएको पौषमा गाउँपालिकाले उपाध्यक्षका लागि सवारी साधन भाडामा लिने निर्णय गरेको थियो । निर्णय लगत्तै उपाध्यक्ष भुजेलले बा. १५ च. ५७१ नम्बरको बोलेरो जिप खरिद गरी श्रीमान् बुद्धी बहादुर खवासको नाममा राखिन् । स्रोतका अनुसार २०१९ मोडेलको उक्त जिप उनले १९ लाख पचास हजार रुपँयामा काठमाडौंबाट खरिद गरेकी हुन् ।

अहिले रोङ गाउँपालिकाले मासिक १ लाख ३० हजार रुपैँया तिर्ने गरी त्यही जिप भाडामा लिएको छ । उपाध्यक्ष भुजेलका लागि मासिक १ लाख ३० हजार रुपैँया तिर्ने गरी गत पौष महिनादेखी जिप भाडामा लिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल त्रीखत्रीले बताए ।

स्रोतका अनुसार गाउँपालिकाले भाडामा लिएको उक्त जिपमा गाउँपालिकाकै खर्चमा डिजेल हाल्ने गरिएको छ । त्यस्तै भुजेलले गाउँपालिकाकै अन्य कामका लागि समेत उक्त जिप कसैलाई छुन नदिने गरेकी छिन् । त्यसैगरी भुजेलले साईनोमा आफ्नै भतिजा पर्ने अमिस भुजेललाई समेत दैनिक सात सय पचास रुपैँयाको दरले गाउँपालिकाकै स्रोतबाट तलब सुबिधा दिने गरी नियुक्त गरेकी छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका