जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो

दक्षिणकालीमा मृत भेटिएका दुवैजनाको पहिचान खुल्यो

काठमाडौं– दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा मृत भेटिएका एक पुरुष र एक महिलाको पहिचान खुलेको छ ।

मृतकहरुमा धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक– ५ कि ३२ वर्षीया सरिता राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोँचबाट उनीहरूको शव निकालेको हो । बुधबार एक पुरुष र महिला मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रदेश ३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल समेत भेटिएको छ । जसकारण उनीहरु दुर्घटनामा परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

बुधबार अपराह्न साढे ४ बजेतिर प्रहरीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरी वृत्त कीर्तिपुरको टोलीले शव जाँच मुचुल्का उठाएको थियो ।

भीर तथा खोच भएका कारण बुधबार शव निकाल्न नसकेपछि आज विपद्को टोलीले शव निकालेको हो । करिब २ मिटर तलको पहराबाट शव निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका