जोडिनुहोस
  • होमपेज
  • एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै

एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै

नयाँदिल्ली- नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन् ।

लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो ।

मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए । तर शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि त्यही दिन शपथ लिने तयारी मोदीले गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक पटक फेरि एनडीएले गठबन्धन सरकार बनाउने तयारी गरिरहेको छ । सरकार निर्माणको रस्साकस्सी चलिरहेका बेला मोदीको शपथ एक दिनलाई पछि सारिएको हो । शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित भएको सुझाव आएपछि मोदीले यो निर्णय लिएका हुन्। तर मोदीको सचिवालयले अहिलेसम्म औपचारिक घोषणा गरिसकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका