जोडिनुहोस
  • होमपेज
  • म्यानमारमा पहिरोमा परी पाँचजनाको मृत्यु, सात बेपत्ता

म्यानमारमा पहिरोमा परी पाँचजनाको मृत्यु, सात बेपत्ता

याङ्गुन । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ । साथै, अन्य सातजना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए ।

चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मंगलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् । उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जंगली क्षेत्र कटान भएका र कम्तीमा पाँचजनाको मृत्यु भएको साथै सातजना हराइरहेका छन्’ ।

उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँचजनाको शव फेला पारेको स्रोतले जनाएको छ । म्यानमारको सुदूर उत्तरमा मूल्यवान् पत्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यानमारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् । यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि पनि प्रसिद्ध छ ।

ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा सहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका