जोडिनुहोस
  • होमपेज
  • बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाट छान्नुपर्छ : सोविता गौतम

बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाट छान्नुपर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंककाे स्वतन्त्र सञ्चालक पनि साधारणसभाले नै छनोट गर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेक, २०८० (बाफिया) माथिको छलफलमा सांसद गौतमले यस्तो बताएकी हुन् ।

“प्रस्तावित विधेकको १४ (३) मा सञ्चालक समितिमा कम्तिमा एकजना महिलासहित दुईजना स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ,” उनले भनिन्, “यो बाफिया ऐनमा स्वतन्त्र सञ्चालक सञ्चालक समितिले नै नियुक्त गर्ने भन्ने प्रावधान छ, यसलाई मिलाउनुपर्छ । स्वतन्त्र सञ्चालकको नियुक्ति साधारणसभाले नै गर्नुपर्छ ।”

स्वतन्त्र सञ्चालक चयनकाे अधिकार साधारणसभालाई नै दिनुपर्ने उनको भनाइ छ । कम्पनी ऐन, २०६३ र कम्पनी निर्देशिका, २०७२ ले स्वतन्त्र सञ्चालकको नियुक्ति साधारणसभाबाट हुने व्यवस्था गरेको पनि उनले जानकारी दिइन् ।

बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र सञ्चालकको संख्या बढे पनि सञ्चालकको संख्या नबढेको उनको बुझाइ छ । यसमा सञ्चालक समितिको संख्या सातदेखि ११ जना बनाउनुपर्ने गौतमको भनाइ छ । उद्योगी र बैंकर छुट्याउने व्यवस्था स्वागतयोग्य रहेको उनले बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका