जोडिनुहोस
  • होमपेज
  • टी-२० विश्वकप : नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी

टी-२० विश्वकप : नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी

काठमाडौं – जारी आईसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ । पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएपछि एक अंक पाएको स्कटल्याण्ड समुह बि मा २ खेलमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ ।

अब स्कटल्याण्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।

धेरै टिप्पणी गरिएका