जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो।

अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार तोलामा १ लाख ४५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य बढ्दै गएको छ । भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमै पनि भाउ बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका