जोडिनुहोस
  • होमपेज
  • उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा

उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको पेसी शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ।

यसअघि मङ्गलवार पनि सुनुवाइका लागि पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

आज भने मुद्दाको पेसी चार नम्बरमा रहेको छ। जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो ।

तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यस्तै आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि यसअघि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि जेठ १४ गतेको पेसी समेत हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।

यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । पहिलो सुनुवाइमा उक्त आदेश जारी भए पनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका