जोडिनुहोस
  • होमपेज
  • सहकारीको समाचार लुकाइदिन रविले गरेको आग्रह नमान्दा बुबालाई पक्रियो : सम्भव सिरोहिया

सहकारीको समाचार लुकाइदिन रविले गरेको आग्रह नमान्दा बुबालाई पक्रियो : सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारीको समाचार मिलाइदिन गृहमन्त्री रवि लामिछानेले धेरै पटक आग्रह गरेको खुलाएका छन् । सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको उनले खुलाएका हुन् ।

गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेपछि रवि तल्लो स्तरमा ओर्लिएको उनको आरोप छ । ‘यसपालि रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन् । उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि । उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो,’ प्रबन्ध निर्देशक सिरोहियाले भनेका छन्, ‘उहाँलाई कति अनुरोध गरियो । व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नुभएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो । उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो ।’

उनले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा कारण खुलाएका छन् । ‘कैलाश सिरोहियाका दाइहरू जन्मदा हजुरबुवाले नागरिकता प्राप्त गनुभएको थिएन,’ उनले अडिओमा भनेका छन्, ‘नौ जना मध्येका कान्छा छोरा कैलाश जन्मँदा हजुरबुवाले नेपाली नागरिता प्राप्त गरिसक्नुभएको थियो । यति सामन्य कुरालाई के-के न जस्तो हल्ला गरियो ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका