जोडिनुहोस
  • होमपेज
  • सत्तासमीकरण भत्किए राम्रो हुनेवाला छैन : ओली

सत्तासमीकरण भत्किए राम्रो हुनेवाला छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तासमीकरण भत्किए राम्रो नहुने बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा समीकरण भत्किन नदिने बताए ।

“यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । नराम्रै हुनेवाला छ । त्यसकारण यो समीकरण भत्किँदैन भत्किन दिइँदैन,” ओलीले भने ।

उनले कुनै दलसँग बहुमत नहुँदा अस्थिरता जन्मिएको बताए । “राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष हो । बहुमत कही पनि कसैको पनि नहुनु,” उनले भने, “त्यसले अस्थिरताको खेती गर्छ । अस्थिरता जन्माउँछ । यो स्थितिमा कोही पनि रमाउने होइन ।”

अस्थिरतामा नखेल्न उनको आग्रह छ । उनले बजेटमा असन्तुष्टि नरहेको बताए । “राम्रो हुनुपर्छ । अझै राम्रो बनाउनुपर्छ भन्दा असन्तुष्टि होइन । त्यो ठिकै हो,” ओलीले भने

प्रचलन खबर

धेरै टिप्पणी गरिएका