जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भए यी पाँच देश

राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भए यी पाँच देश

डेनमार्क, ग्रिस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन्। मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा गरेका थिए। नवनिर्वाचित सदस्यहरूले जनवरी १, २०२५ मा आफ्नो नयाँ जिम्मेवारी लिनेछन्। डिसेम्बर ३१, २०२६ सम्म सेवा गर्नेछन्। पाँचै उम्मेदवार निर्विरोध भएका थिए।

नवनिर्वाचित सदस्यहरूले इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्डका निःवर्तमान अस्थायी सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन्। उम्मेदवारले उम्मेदवारी दिए पनि वा नगरे पनि सुरक्षा परिषद्को अस्थायी सिट सुरक्षित गर्नका लागि महासभाको बैठकमा उपस्थित र मतदान गर्ने राष्ट्रसंघका दुई तिहाइ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त गर्नुपर्छ।

सबै १९३ सदस्य राष्ट्रहरू उपस्थित भएका थिए। मतदान गरेमा एक सिट जित्न न्यूनतम १२९ मतहरू आवश्यक पर्दछ। सदस्य राष्ट्रहरूले मतदान नगर्ने मानिन्छ। बिहीवारको मतदानमा, पानामाले १८३ मतहरू पायो। अन्य चार देशले पनि सहज जित निकाले। नवनिर्वाचित सबै पाँच सदस्यहरूले यसअघि सुरक्षा परिषद्मा काम गरिसकेका छन्। पाकिस्तानले ७ पटक, पानामाले ५ पटक, डेनमार्कले ४ पटक, ग्रिसले दुईपटक र सोमालियाले एक पटक सेवा दिएको थियो।

सुरक्षा परिषदमा १५ सदस्य छन्, जसमध्ये पाँच स्थायी छन्। बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिका स्थायी हुन्। पाँच नवनिर्वाचित देशहरूले अफ्रिका, एशिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन, र पश्चिमी युरोपेली र अन्य समूहहरूको प्रतिनिधित्व गर्दछ। पूर्वी युरोपको समूहले यस वर्ष प्रतिष्पर्धा गरिरहेको छैन। सुरक्षा परिषदलाई संयुक्त राष्ट्र संघको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने काउन्सिलले कानूनी रूपमा बाध्यकारी निर्णय गर्नसक्छ र प्रतिबन्ध लगाउने र बल प्रयोग गर्ने अधिकार दिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका