जोडिनुहोस
  • होमपेज
  • एभरेष्ट क्लब अपराजित हुँदै फाइनलमा

एभरेष्ट क्लब अपराजित हुँदै फाइनलमा

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लब अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कर्भड हलमा लिग चरणको अन्तिम खेलमा विभागीय टिम नेपाल पुलिसलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

एभरेष्ट ले २५–२०, २४–२६, २५–२० र २५–१९ ले खेल जितेको हो । एभरेष्ट ले यसअघि ४ टिमलाई हराएको थियो । लिग चरणको अन्तिम खेल हारेपनि पुलिस यस अघि नै फाइनल पुगिसकेको थियो ।

महिला तर्फको तालिकामा एपिएफ क्लब तेस्रो, त्रीभुवन आर्मी क्लब चौथो र चन्द्रागिरी नगरपालिका न्युडाइमन्ड भलिबल क्लब पाँचौं भए । कर्णाली स्पोर्टस डिभलप्मेन्ट काउन्सिलले भने अंक तालिकामा खाता पनि नखोली प्रतियोगिता सक्यो ।लिगमा महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ । लिगको शीर्ष दुई स्थानमा रहने टोली बीच फाइनल खेल हुनेछ ।

महिला तर्फको फाइनल शनिबार १ बजे हुनेछ भने पुरुष तर्फको फाइनल ३ बजे हुनेछ । तेस्रो स्थानको लागि पनि शनिबारै खेल हुनेछ ।विजेता टिमले विजेताले ८ लाख रूपैयाँ पाउने छ भने दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

धेरै टिप्पणी गरिएका