जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्

प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूले भेट गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकाबारे केन्द्रित थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

‘तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ’, उनले भने, ‘त्यहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयन अगाडि बढाउने निर्णय भएको छ। अब यो काम तीव्रसाथ अगाडि बढ्छ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्न छलफल गरेको हो।

धेरै टिप्पणी गरिएका