जोडिनुहोस
  • होमपेज
  • शपथ लिनुअघि मोदी पुगे महात्मा गान्धीको समाधिस्थल

शपथ लिनुअघि मोदी पुगे महात्मा गान्धीको समाधिस्थल

काठमाडौं– लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।

मोदीले गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन् । यसपछि उनले गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरे । प्रधानमन्त्री मोदीले आज साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् ।

मोदीलाई गत शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यो उनको तेस्रो कार्यकाल हो । जवाहरलाल नेहरूपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।

भर्खरै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले ५४३ सदस्यीय लोकसभामा २९२ सिटसहित बहुमत ल्याएको छ । जसमा भाजपाको मात्रै २४० सिट छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका