जोडिनुहोस
  • होमपेज
  • टी-२० विश्वकप: युगान्डामाथि वेस्ट इण्डिज १३४ रनले विजयी

टी-२० विश्वकप: युगान्डामाथि वेस्ट इण्डिज १३४ रनले विजयी

आइसिसी टी-२० विश्वकपमा युगान्डाविरूद्ध वेस्ट इण्डिज विजयी भएको छ।

प्रोभिडेन्स स्टेडियममा आइतबार बिहान भएको खेलमा वेस्ट इण्डिज १३४ रनले विजयी भएको हो।१७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रन बनाएर १२ ओभरमा अल आउट भएपछि वेस्ट इण्डिज फराकिलो अन्तरले विजयी भएको हो।युगान्डालाई सस्तोमा समेट्न वेस्ट इण्डिजका अकिल हुसेनले ५ विकेट लिए।अल्जरी जोसेफले २ तथा रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडकेश मोतीले १/१ विकेट लिए।

युगान्डाका जुमा मियगीले १३ रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ५ विकेट गुमाएर १७३ रन बनाएको थियो।वेस्ट इण्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। उनले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

निकोलश पुरनले १७ बलमा ३ छक्का प्रहार गरी २२ रन जोडे।कप्तान रोभमन पवेलले १८ बलमा १ छक्का र १ चौका प्रहार गरी २३ रनको योगदान गरे।शेर्फेन रूथरफर्डले १६ बलमा २ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए।

आन्द्रे रशेल १७ बलमा ६ चौका प्रहार गर्दै ३० रन जोडेर नट आउट रहे।बलिङतर्फ ब्रियन मसाबाले २ तथा अल्पेस रमजानी, कसमस कियुटा र दिनेश नकरानीले एक/एक विकेट लिए। जितसँगै वेस्ट इण्डिज समूहको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा अफगानिस्तान, तेस्रोमा युगान्डा, चौथोमा पपुवा न्युगिनी र पुछारमा न्युजिल्याण्ड छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका