जोडिनुहोस
  • होमपेज
  • दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

दैलेखमा कर्णाली नदीको झोलुङ्गे पुलमा खच्चर फसे

दैलेखमा कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चर फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर फसेका हुन् ।

आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबीस नगरपालिका–४ का वडाध्यक्ष टेकबहादुर माझीले जानकारी दिए ।

अहिले पुलको हिँड्ने भाग एकातर्फ झुकेको छ । उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको स्थानीय दीलबहादुर थापाले बताए । दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका