जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री लामिछाने विराटनगरमा

गृहमन्त्री लामिछाने विराटनगरमा

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर पुगेका छन् । उनी कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी भएका थिए ।प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उनले जानकारी गराउने बताइएको छ ।

बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखलगायत सहभागी हुने प्रजिअ भट्टराईले बताए ।

यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका